SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’आग्रह

काठमाडौं । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।