SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

काठमाडौं । झापाको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका नागरिकको आर्थिक सशक्तीकरण गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री वितरण गरेको छ । यहाँ आयोजित एक कार्यक्रमका बीचमा गाउँपालिकाले अपाङ्गता भएका तथा विपन्न समुदायका लाभग्राहीलाई तीन थान ठेला र आठ थान सिलाइ मेसिन वितरण गरेको हो ।