SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो । गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले यादवको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार घटनामा अर्का एक जना घाइते भएका छन् ।