बेंगलुरु भागदौडबारे विराट कोहलीले भने– सबैभन्दा खुसीको क्षण दुखद घटनामा परिणत भयो
काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको उपाधि जितेपछि चिन्नास्वामी स्टेडियममा उत्सव मनाइएको थियो। यस क्रममा स्टेडियम बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।१८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा आरसीबीलाई स्वागत गर्न र उत्सव मनाउन रंगशाला बाहिर एक लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए।आरसीबीका खेलाडी विराट कोहलीले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सबैभन्दा खुसीको क्षण दुखद घटनामा परिणत भएको उल्लेख गरेका छन्।
