सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सरकार गम्भीर बन्नुपर्छः पूर्वमन्त्री पुन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकार र सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले हालैका केही घटनाक्रमले सामाजिक सद्भाव बिथोलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन् ।
