फूलसँगै घुम्ने सपना, महसँगै फुल्दै जीवन
झापा । काँधमा मौरीका घार, आँखामा समृद्धिको सपना । असोजको अन्तिम साता सुरु भएपछि झापाको शिवसताक्षी नगरपालिका–९ की जमुना सुवेदी भट्टराईको यात्रा घरआँगनमा सीमित रहँदैन । कहिले दाङ र चितवनका पहेँलै तोरीबारी, कहिले मोरङको फापरबारी त कहिले झापाकै लिच्ची बगैँचासम्म मौरीसँगै उहाँको यात्रा चलिरहन्छ । फूल जहाँ फुल्छ, त्यहीँ पुग्छन् उनी ।
