१५ दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने निजी मेडिकल कलेजको चेतावनी
काठमाडौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिको कडा विरोध गर्दै सहमति सच्याउन चेतावनी दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पत्र लेख्दै एसोसिएसनले सरकारले आफूसँग भएका विगतका सहमतिहरू ठाडै उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।
