SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न सांसदहरुलाई रास्वपाको निर्देशन

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका सांसदहरुलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरि सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा मधेस र कोशी प्रदेशका सांसदहरुको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिएका हुन् ।