SHARE
पर्दाफास · बिहीबार १४ साउन २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

आईजीपी कार्कीले ‘मुस्लिम शरणार्थी’ शब्द प्रयोग नगरेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको दाबी गर्दै टिप्पणी गरेकी छन्। तर उपलब्ध सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ विवरण तथा प्रकाशित समाचारहरूको अध्ययन गर्दा उक्त दाबी तथ्यसँग मेल नखाएको प्रहरी स्रोतको भनाइ छ ।