विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने
गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् । विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री अस्पतालतर्फ घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जादैँ छन् । साथै, उनले घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।
