SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता रहेको बताएका छन् । शुक्रवार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले न्यायपालिकाको गरिमा र कानुनी जटिलतालाई बुझेर गरिने रिपोर्टिङले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका हुन् ।