पासपोर्ट ठेक्का भ्रष्टाचार मुद्दाका अभियुक्त सिद्धार्थ थापा साधारण तारिखमा रिहा
काठमाडौं । विशेष अदालतले ई–पासपोर्ट खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका अभियुक्त सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले शुक्रबार जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो । थापा शुक्रबार विशेष अदालतमा आफैँ उपस्थित भएका थिए ।
