SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ११:२० AM · 1 मिनेट पढाइ

सुनसरी घटनाप्रति सरकार संवेदनशील बन्न सांसदहरूको आग्रह

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सुनसरीको घटनाप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा सांसदहरूले सरकार र गृहप्रशासन घटनाप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । सांसद वासुदेव घिमिरेले सुनसरी घटनाबाट सुरु भएको असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए ।