ब्रोड पिक आरोहणका क्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरुङको निधन
काठमाडौँ । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को निधन भएको छ। आरोहणका क्रममा आएको हिमपहिरोमा परी उनको मृत्यु भएको पुष्टि गरिएको हो। अल्पाइन क्लब अफ पाकिस्तान र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले जारी गरेको जानकारीअनुसार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेपछि गुरुङको ज्यान गएको हो।
