SHARE
मकालु खबर · शुक्रबार​ १५ साउन २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद विष्ट

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले सुनसरीलगायत मधेसका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले यस्तो आरोप लगाएका हुन् । उनले गृहमन्त्री सुधन गुरुङ स्वयं पीडित परिवारसँग सहमति गर्दै हिँडेको भन्दै आपत्ति समेत जनाए ।