SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको राजीनामा आउँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने बताएका छन्। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताए।गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएको उनले बताए। 'सडकमा बसेर राजीनामा मागेर हुन्छ,' सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा जयान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेलाई निशुल्क उपचार गर्ने निर्णय भएको बताए।