अपडेट : एसिया कपबाट बाहिरिएको भनिएको पाकिस्तान युएईसँग खेल्न तयार
काठमाडौं : एसिया कपबाट बाहिरिएको भनिएको पाकिस्तान युएईसँग खेल्न तयार भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रवक्ता आमिर मिरका अनुसार बुधबारका लागि तय भएको पाकिस्तान र युएईबीचको एसिया कप खेलमा ढिलाइ हुने भएको छ। पाकिस्तानी टोली निर्धारित समयमा रंगशाला नपुगेपछि विभिन्न अड्कलबाजी सुरु भएको थियो। केही अन्तराष्ट्रिय मिडियाले पाकिस्तान एसिया कपबाट बाहिरिएको समाचार प्रकाशन गरेका थिए।
