एसिया कप विवाद : युएईविरुद्ध खेल्न पाकिस्तानको आनाकानी
काठमाडौं : एसिया कपको १०औँ खेल आज पाकिस्तान र आयोजक युएईबीच दुबईमा खेलिने तय भएको थियो। तर, पाकिस्तानले युएईविरुद्ध खेल खेल्न अस्वीकार गरेको छ। आइतबार भारत–पाकिस्तान खेल पछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका थिए। पाकिस्तानी टोलीले यसका लागि म्याच रेफ्री एन्डी पाइक्राफ्टलाई जिम्मेवार ठहराएको थियो। सोही कारण पाकिस्तान युएईविरुद्ध खेल्न तयार नभएको पाकिस्तानकै मिडियाहरूले उल्लेख गरेको छ।
