SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

जापानमा १०० वर्षभन्दा माथिका महिलाको संख्या किन छ यति धेरै ?

काठमाडौं : जापान सरकारले देशमा १०० वर्ष वा सोभन्दा माथिका उमेर समूहका मानिसको संख्या करिब एक लाख रहेको घोषणा गरेको छ। यो विश्व रेकर्ड हो।नयाँ रेकर्ड स्थापित भएको लगातार ५५ औँ वर्ष  छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सेप्टेम्बरमा जापानमा १०० वर्ष उमेर पुगेका मानिसको संख्या ९९,७६३ पुगेको जनाएको छ।  यसमा महिलाको संख्या सबैभन्दा बढी ८८ प्रतिशत छ।स्वास्थ्यमन्त्री ताकामारो फुकुओकाले ८७,७८४ महिला र ११,९७९ पुरुषलाई लामो जीवनका लागि बधाई दिए।