SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

इजरायली आक्रमणका कारण गाजाबाट हजारौँ प्यालेस्टिनी भाग्न बाध्य

काठमाडौं : गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्।   रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ।मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका छन्। इजरायली सेनाले अनुसन्धान गरिरहेको बताएको छ।