SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

निर्माण सम्पन्न भएपछि सर्वोच्चको नयाँ भवनबाट सेवा सञ्चालन हुन्छ : मन्त्री घिसिङ

काठमाडौं : सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्। ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल बुधबार सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी लिएका हुन्। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी दिए।