कम्युनिस्ट नेताहरूको निष्कर्ष : परम्परागत शैलीले देश बन्दैन
काठमाण्डु – परम्परागत शैलीले देशमा क्रान्ति पनि नहुने र देशलाई निकास दिन नसक्ने कम्युनिस्ट नेताहरूले बताएका छन् । नेकपाले शनिबार राजधानीको संवाद डबलीमा ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेताहरूले जेनजी विद्रोहले पाठ सिकाएको समेत बताएका छन् ।
