ओलीको आग्रह : ‘सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छनद् । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिह्न (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताए ।
