कोप–३० मा हिमाल संरक्षणलाई छुट्टै मुद्दाका रूपमा स्थापित गर्न सफल भयौँ : मन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । आइतबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले सो दाबी गरे ।
