११औँ महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम सञ्चालन
काठमाडौं । पार्टीको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत् रक्तदान कार्यक्रम भएको हो । मध्यान्ह १२ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।
