अमेरिका-इरान सम्झौताको घोषणापछि लेबनानी विस्थापितहरू घर फर्किन थाले
काठमाडौं :अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएसँगै ठूलो संख्यामा विस्थापित लेबनानी नागरिकहरू आफ्नो घर फर्किन थालेका छन्। सम्झौतामा लेबनामा जारी युद्ध पनि समाप्त हुने भनिएपछि सोमबारदेखि नै दक्षिणी लेबनानको सहरहरूबाट ठूलो संख्यामा लेबनानीहरू आफ्नो घर फर्किन थालेका हुन्।यद्दपि लेबनानी अधिकारीहरूले भने स्थिति अझै पूर्णरुपमा सुरक्षित नरहेको बताएका छन् । दक्षिणी लेबनानका धेरै शहरहरूमा, बासिन्दाहरू आफ्नो घर र वरपरका क्षेत्रहरूमा भएको क्षतिको मूल्याङ्कन गर्दै घर फर्कन थालेका हुन्।
