SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सुरक्षा निकाय समावेशी बनाउन रास्वपा सांसद थापाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले नेपालको सुरक्षा निकाय समावेशी नभएको आरोप लगाएका छन्। विनियोजित बजेटमाथिको छलफल सहभागी हुँदै उनले सुरक्षा निकायमा सीमान्तकृत समुदायको उपस्थित न्युन रहेको बताए।   उनले तीनवटै सुरक्षा निकायमा यी समुदायको उपस्थिति जम्मा ३ प्रतिशत रहेको बताए।