SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

टिपरको ठक्करबाट एक जनाको मृत्यु, २ घाइते

रौतहट : रौतहटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। मंगलबार ४ बजे गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेको मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कटहरिया नगरपालिका–६ फतेपुरका २० वर्षीय शेख स्वयलको घटनास्थलमै मृत्यु भएको छ।