SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

प्राधिकरणका तत्कालीन महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।