अख्तियारलाई आरजुको जवाफः तत्काल बयानमा आउन सक्दिन
काठमाडौं– ई–पासपोर्ट छपाई प्रकरण अनियमिततामा छानबिनको दायरामा परेकी पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ पठाएकी छन् । अख्तियारले म्याद तामेली गरेपछि आरजुलाई बयानमा बोलाएको थियो । श्रोतका अनुसार आयोगलाई इमेल पठाउँदै उनले आफू उपचारका लागि देशबाहिर रहेकाले तत्काल उपस्थित हुन नसक्ने बताएकी छन् ।
