अघिल्लो दुईतिहाइको सरकार र अहिलेको सरकारबीच केहि फरक छैन : सांसद शाही
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले वर्तमान सरकार पनि अघिल्लो सरकार सँग मिल्दो जुल्दो रहेको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अहिलेको दुईतिहाइ सरकार र अघिल्लो दुईतिहाइ सरकारबीच कुनै फरक नरहेको बताएका हुन्। शाहीले अर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दा वास्ता नगरेको भन्दै सरकारकाे आलोचना गरे ।
