अर्थमन्त्रीको शैक्षिक प्रमाणपत्रमाथि होइन,भन्सार प्रक्रियामाथि प्रश्न उठाएका हौंः ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीको विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रमाथि आफूहरूले प्रश्न नउठाएको स्पष्ट पारेका छन्। उनका अनुसार आफूहरूको प्रश्न भन्सार दर हेरफेर, बजेट सूचना चुहावटमा केन्द्रित भएको बताए। ‘हामीले भन्सारको दर हेरफेर भयो कि भएन बजेटको सूचना चुहावट भयो किन भएन,’ उनले भने, ‘राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भनेर प्रश्न उठाएका हौं।
