रवि रास्वपा सभापतिमा निर्विरोध भएपछि बालेनले लेखे- देशलाई सफल बनाउनुस्
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने पुनः निर्वाचित भएपछि पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले शुभकामना दिएका छन्। चितवनमा जारी महाधिवेशनमा सभापति पदमा अन्य कुनै उम्मेदवार नउठेपछि केन्द्रीय निर्वाचन आयोगले लामिछानेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
