इरानको ‘गोप्य पर्वत’ ट्रम्पको निशानामा, किन मानिन्छ यो अत्यन्तै खतरनाक ?
इरान : मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ । इरान र अमेरिका एकअर्कालाई कडा जवाफ दिने चेतावनी दिइरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजर इरानको ‘गोप्य पर्वत’ अर्थात् पिक्याक्स माउन्टेनमा परेको छ । यहीँ रहेको भूमिगत संरचना (अन्डरग्राउन्ड कम्प्लेक्स) इरानको गोप्य युरेनियम सम्वर्धन केन्द्र वा हतियारस्तरको युरेनियम सुरक्षित राख्ने स्थल हुन सक्ने अनुमान गरिएको छ ।सोमबार ट्रम्पले स्पष्ट चेतावनी दिँदै भने, ‘हामी पिक्याक्स माउन्टेनलाई समाप्त गर्नेछौं ।
