निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को कार्यकारी निर्देशक पदका लागि ६ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले मूल्याङ्कनपछि संक्षिप्त सूची सार्वजनिक गरेको हो । सर्टलिस्टमा परेका उम्मेदवारहरूले साउन ३ गते बिहान १० बजे कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ ।
