विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता
काठमाडौँ । अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ। खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँ) सम्म पुगेको छ।
