SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सिभिल अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा.जितेन्द्र परियार नियुक्त

काठमाडौं : निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा.डा.जितेन्द्र परियार नियुक्त भएका छन्। भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यकारी निर्देशकमा परियारलाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।कार्यकारी पदका लागि नियुक्तिका लागि आह्वान भएको आवेदनका आधारमा सिफारिस समितिले गरेको मूल्याङ्कन तथा अस्पताल विकास समितिको निर्णयअनुसार योग्यता क्रमको पहिलो नम्बरमा रहेका प्रा.डा.परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको हो।