SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न अब अनलाइन उजुरी, मुद्दाको प्रगति जुनसुकै बेला हेर्न सकिने

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था सुरु गरेको छ । मंगलबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बिभागमा पुगेर अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।मन्त्री यादवले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, बढी रकम असुलीदेखि शोषण नियन्त्रण गर्न अनलाइनमाध्यमबाट नै उजुरी दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।