SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

विश्वासिला सरकार

नेपाली राजनीतिमा पुराना दलहरूबाट वाक्कदिक्क भएका नागरिकले ठूलो आशा र भरोसासहित नयाँ अनुहारलाई सत्ताको साँचो सुम्पेका थिए। गत वर्षको जेन–जी विद्रोहपछि उदाएका वैकल्पिक शक्तिबाट आम जनताले एउटा ‘विश्वासिलो सरकार’को अपेक्षा गर्नु स्वाभाविकै थियो। तर, सत्ताको कुर्सीमा पुगेपछि ती नयाँ अनुहार पनि पुरानै रोगको सिकार भएका छन्।विशेषगरी साउन १ देखि लागू भएको चालु बजेट र यसले बोकेका अव्यावहारिक कर नीतिहरूले जनताको सुन्दर सपनामाथि चिसो पानी खन्याइदिएको छ।