कीर्तिपुरमा कारमा आगलागी,जलेको अवस्थामा शव भेटियो
काठमाडौं : कीर्तिपुरस्थित सुप्लाङकोटमा पार्किङमा राखिएको कारमा आगलागी हुँदा कारभित्र एकजना पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार कारभित्र जलेको अवस्थामा पुरुषको शव फेला परेको हो। मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए।स्थानीयका अनुसार पार्किङमा राखिएको कारमा एक्कासी आगो लागेको थियो। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ।
