निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तको संसदीय सुनुवाइ साउन १२ र १३ गते
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई यहि साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरुको सुनुवाई साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाई साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
