लुगुममा झाँक्री मेला
रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुगुममा परम्परादेखि चलिआएको झाँक्री मेला सोमबार सम्पन्न भएको छ। गाउँलाई विभिन्न अनिष्ट, रोगव्याधि र प्राकृतिक विपत्तिबाट जोगाउने विश्वासका साथ आयोजना गरिने यो मेला स्थानीय मगर समुदायको महŒवपूर्ण सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा परिचित छ।अग्ला पहाडको फेदीमा रहेको लुगुम गाउँ ढुंगा र माटाले बनेका परम्परागत घर तथा मगर खाम भाषाको मौलिक संस्कृतिका कारण परिचित छ। यही गाउँको पूर्वी भेगमा रहेको चौतारामा बर्सेनि झाँक्री मेला लाग्ने गर्दछ।
