SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

क्यानडामाथि ट्रम्पको नयाँ ५० प्रतिशत करले फेरि चर्कियो व्यापार युद्ध

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडामाथि व्यापक नयाँ कर (ट्यारिफ) घोषणा गरेका छन् । यसले अमेरिकाको सबैभन्दा नजिकको सहयोगी र प्रमुख आर्थिक साझेदारमध्ये एक क्यानडासँग पुनः व्यापारिक तनाव बढाउने खतरा देखिएको छ । क्यानडाबाट आउने केही सामान, विशेष गरी विद्युतीय उपकरण र मेसिनरीमा लगाइने ५० प्रतिशत कर ट्रम्प प्रशासनले कुनै पनि देशमाथि लगाएको सबैभन्दा उच्च करमध्ये एक हो ।