SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज बन्द रहने इरानको चेतावनी

काठमाडौँ । अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलमार्ग बन्द नै रहने इरानले जनाएको छ। इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले एक सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार तेहरानले अमेरिकी ‘आक्रामक गतिविधि’ जारी रहुन्जेल रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण जलमार्गबाट कुनै पनि जहाजलाई आवतजावत गर्न अनुमति दिने छैन। स्रोतका अनुसार, ‘होर्मुज जलघाँटी पूर्ण रूपमा इरानी सशस्त्र बलको नियन्त्रणमा छ।