SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

पोशाक उद्योगसम्बन्धी मन्त्रालयमा रोकिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए।