जानकी मन्दिरबाट लेखेटिए हर्क साम्पाङका कार्यकर्ता
जनकपुर : बिभिन्न हिन्दूवादी संघसंस्था आवद्ध युवाहरुले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए ।
