लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक
सुर्खेत : एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
