SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

कर फिर्ता लिएपछि प्रधानमन्त्री बालेनले भने- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सरकारले सबै निर्णयहरू नागरिकको हितमा गरिने बताएका छन्। मंगलबार निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने निर्णय गरेपछि प्रधानमन्त्री बालेनले  नागरिको हितलाई केन्द्रमा राखेर सबै निर्णय गरिने बताएका छन्।'नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् ।