पुष्पलाल स्मृति दिवस आज, रामेछापसहित देशभर कार्यक्रम गरी मनाइँदै
काठमाडौं : एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाउँदैछ। स्मृति दिवसका अवसरमा आज पुष्पलालको जन्मभूमी रामेछापमा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक अन्तर्क्रिया हुँदैछ। यसैगरी नेकपा (एमाले) राजधानी प्रदेश कमिटीको आयोजना 'संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व' विषयक प्रवचन कार्यक्रम राखिएको छ।
