SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

बसको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१-००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका यशोधरा गाउँपालिका वडा नं. २, पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।